नर्भिक अस्पतालले निशुल्क कानको जाच सेवा उपलब्द गराउने

प्रकाशित मिति:

विश्व श्रवण शक्ति दिवस यही फागुन १९ गते आइतवार “आफ्नो श्रवण शक्ति जाँचौ” भन्ने नाराको साथ मनाइदैछ । उक्त दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ ।विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध संक्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको हो । अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयर फोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन जस्ता केही संक्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने समेत सम्भावना रहन्छ ।

त्यसैगरी फागुन २० गते आइतवार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा।डा। दिपेन्द्र श्रेष्ठ, डा। रेस्की देव लगाएतको टोली कार्यरत रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।