जुन घरमा श्री गणेशको यस्तो मुर्ति हुन्छ, सदाको लागि गरिबी हटेर जान्छ‘
जुन घरमा श्री गणेशको यस्तो मुर्ति हुन्छ, सदाको लागि गरिबी हटेर जान्छ‘जानी राखौंयदि तपाई गरिबी र आर्थिक समस्याबाट हैरान हुनुहुन्छ भने यसका कारण तपाइको घरमा रहेको वास्तुदोष हुन् सक्छ। यस दोषबाट मुक्ति चाहनु हुन्छ भने ज्योतिष शास्त्र अनुसार घरमा राख्नुहोस् यी ५ चिज।
१, भगवान गणेश नृत्य गरिरहेको प्रतिमा:नृत्य गरिरहेको गणेशको प्रतिमा ज्योतिष शास्त्रअनुसार एकदम शुभ मानिन्छ। जहाँ गणेश भगवानको प्रतिमा हुन्छ त्यहाँ माता लक्ष्मीको कृपा रहिरहन्छ। गणेश भगवानको प्रतिमा यसरी राख्नुहोस् जहाँ मूल गेटबाट सजिलै जोकोहीक नजर उक्त प्रतिमामा परोस।
२, बासुरी: बासुरी भगवान श्री कृष्णको सब भन्दा प्रिय बस्तु हो। बासुरी घरमा राख्नाले लक्ष्मी माता प्रसन्न हुने गर्छिन। साथै घरको वास्तुदोष पनि हटेर जान्छ।
३, घरको पुजा कोठामा राख्नुहोस् शंख :शंख र देवी लक्ष्मीको समुन्द्रबाट नै प्रकट भएको जनविश्वास रहिआएको छ। त्यसैले लक्ष्मीलाई शंख मन पर्छ। ज्योतिषशास्त्र अनुसार घरको पुजा कोठामा शंख राख्दा घरमा सधै लक्ष्मी माताको बास रहिरहन्छ।
४, एकाक्षी नरिवल:जुन घरमा एकाक्षी नरिवल राखिन्छ वा त्यसको नियमित पुजा गरिन्छ। त्यस घरमा नकारात्मकता हटेर जान्छ। देवी देवता पनि प्रसन्न रहन्छ।
५, कुबेरको प्रतिमा:भगवान कुबेर र लक्ष्मीलाई धनको देवीदेवता मानिन्छ। त्यसैले घरको उत्तर दिशामा कुबेरको मुर्ति र तस्बिर राख्नुहोस्। यसो गर्दा गरिबी हटेर जान्छ।
तत्काल पैसा कमाउनु छ भने चामलसहितको तान्त्रिक उपाय अपनाउनुस्
हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन् जसले तपाईंका सबै समस्या हटाउँछन् ।कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउनुस् । चामलको दाना सग्लो हुनुपर्छ । त्यसपछि ती दानालाई भगवानमा समर्पित गर्नुस् । मैले चढाएको दाना स्वीकारेर मेरा कष्टहरू दूर गर्नुस् भन्दै प्रार्थना गर्नुस् ।तपाईं जागिर खोज्दै हुनुहुन्छ वा तपाईंलाई अफिसमा कुनै समस्या छ भने चामलको खीर बनाएर कागहरूलाई खुवाउनुस् । केही दिनमै समस्या समाधान हुन्छ ।पैसा कमाउन नसकेर तनावमा हुनुहुन्छ भने आधा किलो चामल लिएर एकान्तमा शिवलिंगको अगाडि बस्नुस् ।शिवलिंगको पूजा गरेर एक मुट्ठी लिंगमा चढाउनुस् र बाँकी चामल चाहिँ गरीबगुरुवालाई दान दिनुस् । पूर्णिमापछिको सोमवार यसो गर्नुस् । पाँच सोमवार यसो गर्नुभयो भने तपाईं पैसा कमाउन थाल्नुहुनेछ । पितृदोषका कारण हामीले अनेकथरी समस्या भोग्नुपर्ने हुन्छ । पितृदोष दूर गर्नका लागि चामलको खीर बनाएर कागलाई खुवाउनुस् । यसो गर्दा पितृहरूको आशिष लाग्छ र बन्द भएका सबै काम सुचारु हुन थाल्छन् ।












