आज नारी दिवस, पञ्चङ्गसहित हेर्नुहोस् आजको दिन, २०७५ फागुन २४ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २४ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको द्वितीया तिथि राति १२।११ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र राति १०।१४ बजेसम्म रहनेछ । यसैगरी आज शुभ योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२४ मा छ भने सूर्यास्त बेलुका ६।०७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज नारी दिवस परेको छ । मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय नारी दिवस मनाइन्छ । पौरस्त्य धर्मशास्त्रका पिता मनुले जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भनी नारीको प्रशंसा गरेका छन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५