बुटवल । रुपन्देहीको देवदहमा गए राति आफ्ना कार्यकर्ता अनिश पुरीको हत्याको विरोधमा तरुण दलले चक्काजाम गरेको छ ।तरुण दलले देवदह क्षेत्रमा मुख्य राजमार्ग दिउँसो २ बजेदेखि चक्काजाम गरेको छ । रुपन्देहीको खैरेनी र घोडाहाका युवाबीचको झगडाको चपेटामा अनिशको मृत्यु भएको हो । देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो ।विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।
लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन् । सो घटनापछि आकस्मिक रुपमा बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ ।












