मेष राशिः व्यपारमा वृद्धि हुनेछ, धन लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
वृष राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
मिथुन राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता पनि बढ्नेछ ।
कर्कट राशिः मित्र सुख मिल्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
सिंह राशिः आर्थिक लाभ हुनेछ, कीर्ति वृद्धिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
कन्या राशिः मित्र सुख मिल्नेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जाने देखिन्छ ।
तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै मनमा चपलता रहनेछ ।
वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
धनु राशिः मित्र सुख मिल्नेछ, व्यवसायमा वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मकर राशिः आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।
कुम्भ राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।
मीन राशिः कान्ति वृद्धि हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९८०८२११२०५












