सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

प्रकाशित मिति:

सप्तरी । सप्तरीमा गुड्दै गरेको मोटरसाइकलमाथि बस पल्टिँदा दुई जनाको ज्यान गएको छ । एक दर्जन घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा गुड्दै गरेको को।२४प ६४२५ नम्बरको मोटरसाइकलमाथि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को।१ख ४९३४ नम्बरको बस बुधबार बिहान पल्टेको हो ।दुर्घटनामा परी मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।

दुर्घटनामा बसका एक दर्जनभन्दा बढी यात्रु घाइते छन् । घाइतेहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।यसैबीच, स्थानीयहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्व पारेका छन् । मृतकका आफन्तले पोष्टमार्टमका लागि शव लगिएको भन्दै चक्काजाम गरेका हुन् ।