बुटवलमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि

प्रकाशित मिति:

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा बाल्टीमा कालो प्लाटिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको थियो । बुटवल—भैरहवा सडक खण्डको कालीकानगरमा स्पिड ब्रेकरमा राखिएको उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ ९बम० भएको डिस्पोजका क्रममा पत्ता लागेको हो ।नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गर्दा निकै ठूलो आवाज आएकाले उक्त वस्तु शक्तिशाली बम भएको पुष्टि भएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

प्रहरीले बेलैमा सेनाको टोलीबाट डिस्पोज गराएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक केसीले बताए ।बन्दका बेला यस्ता शंकास्पद वस्तु अन्यत्र पनि भेटिनसक्ने भएकाले त्यस्ता वस्तु नछुन र सुरक्षा निकायलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।