जन्ती बसको ठक्करबाट भारतीयको मृत्यु

प्रकाशित मिति:

सर्लाही । मलंगवामा जन्ती बसको ठक्करबाट मलंगवा नगरपालिका–१, भेडियाहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।भारतबाट मलंगवा जन्ती आएका अमरनाथ रायको बीआर ३०पी ३०२७ नम्बरको जन्तीबसको ठक्करबाट ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जन्ती बसको ठक्करबाट रायको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ ।