पोखरामा बन्दविरुद्ध विवेकशील साझाको प्रदर्शन

प्रकाशित मिति:

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घोषणा गरेको बन्दको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ ।विवेकशील साझा पार्टीले पोखराको पृथ्वीचोकमा नेपालको झण्डा बोकेर ‘बन्दले देश बन्दैन’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले विप्लपव नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण संघर्ष गर्न र सरकारलाई समेत वार्ता र संवादमार्फत निश्कर्ष निकाल्न आग्रह गरेका छन् ।बन्दका कारण पोखरामा सार्वजनिक गाडी चलेका छैनन् । कार्यकर्ता पक्राउको विषयलाई लिएर आह्वान गरेको बन्दका कारण पोखरेली जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् ।