पूर्व राजा ज्ञानेन्द्र शाहले गरे सप्तरीका शक्तिपीठको दर्शन

प्रकाशित मिति:

सप्तरी – तराइ भम्रणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सप्तरीको सदरमुकाम राजविराजमा छिन्नमस्ता भगवतीको दर्शन गर्नुभएको छ ।सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवती शक्तिपीठ दर्शनका लागि पुगेका शाहलाई जिल्लाभरबाट राजविराजको शिव मन्दिर प्राङ्गणमा समर्थक तथा सर्वसाधारणले स्वागत गरेका थिए ।राजा आउ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र हुनुपर्छ’ भन्दै समर्थकले नाराबाजी समेत गरेका थिए ।

उहाँलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा०, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित समर्थकको समूह राजविराज पुगेको थियो ।पूर्वराजा शाहलाई हेर्न कर्मचारीदेखि केही जनप्रतिनिधि तथा बुढापाकाहरुको भिड लागेको थियो । शक्तिपीठमा दर्शन गरी पूर्व राजा शाह आइतबारै झापा फर्किएको बताइएको छ ।