पृथ्वीको सतहभन्दा २५। ६ किलोमिटर माथि शक्तिशाली उल्का विष्फोट
पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको वैज्ञानिकहरुले बताएका छन्
काठमाडौं । पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको वैज्ञानिकहरुले बताएका छन् । नासाका अनुसार गत १८ डिसेम्बरको मध्याह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो । ३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको पिण्ड पृथ्वीको सतहभन्दा २५।६ किलोमिटर माथि विष्फोट भएको थियो । टेक्सासको उडल्याण्डमा आयोजित चन्द्रमा र ग्रह विज्ञान सम्बन्धी एक सम्मेलनमा नासाकी वैज्ञानिक डा केली फास्टले यो विष्फोटबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।












