चितुवाको छालासहित एक जना पक्राउ

प्रकाशित मिति:

चितुवाको छालासहित एक जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । मुसीकोट नगरपालिका १ कैलदेउका ४७ वर्षीय भुमे सार्कीलाई प्रहरीले चितुवाको छालासहित पक्राउ गरेको हो ।

घरमा चितुवाको छाला लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा चितुवाको छाला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो ।सार्कीलाई शनिबार राति उनकै घरबाट पक्राउ गरिएको खड्काले बताउनुभयो । घरमा लुकाएर राखेको अवस्थामा चितुवाको छाला भेटिएपछि घरधनी सार्कीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी खड्काको भनाइ छ ।सार्कीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रुकुम पश्चिममा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।