के धनी र सम्मृद्ध बन्न चाहानुहुन्छ, भने यी नौ चिज घरबाट निकाल्नुहोस
काठमाडौं । परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ । धनी र समृद्ध बन्ने चाहना सबैको हुन्छ ।
सबैको इच्छा आफ्नो परिवारको सुस्वास्थ्य र समृद्धि हुन्छ। त्यसैले घर बनाउँदा ग्रह, दिशा, वास्तुशास्त्रलाई ख्याल गरेर बनाइन्छ। तर घर बनाइसकेपनि घरमा यस्ता चिजहरु भित्रिन्छन्, जुन वास्तुशास्त्र अनुसार अशुभ हुन्छन्। वास्तुशास्त्र अनुसार घर भित्र मौरी , अरिंगाल हुनु अशुभ मानिन्छ। यसले गर्दा घरका युवा सदस्य अगाडी बढ्न सक्दैनन्।त्यसैले मौरीको घारलाई पनि घरभन्दा बाहिरको उचित स्थानमा राख्नु राम्रो मानिन्छ। चराहरु सुन्दर लाग्छन् । चराका बचेराहरु गुँडमा बसेको र भुर्र भुर्र उडेको पनि राम्रो लाग्छ। तर घरभित्र चराले गुँड लगाउनु भने अशुभ मानिन्छ।
त्यसैले यदि घरभित्र चराले गुँड लगायो भने सुरक्षित तरिकाले त्यसलाई बाहिर कतै सारिदिनुपर्छ।माकुराले घरमा जालो लगाउनुले धनसम्पत्तिमा ह्रास आउने बुझिने हुनाले माकुराको जालो देख्नासाथ पन्छाउनु पर्छ। त्यस्तै घरमा चमेरोले वास गर्नु भनेको घरमा अशान्ती र दुस्खका दिन भोग्नुछ भन्ने संकेत हो।












