एसईई दिएर पौडी खेल्न गएका विद्यार्थी वेपत्ता

प्रकाशित मिति:

गोरखा । एसईई परीक्षा दिएर पौडी खेल्न गएका गण्डकी गाउँपालिका–६ भूम्लीचोकका कमल चेपाङ वेपत्ता भएका छन् ।१७ बर्षका चेपाङ सोमवारको परीक्षा सकेर साथीहरु सँग धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धवादीको त्रिशुली नदीमा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा दिउँसो करिव साढे दुई बजे उनी वेपत्ता भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । उनी भुम्लीचोकको भद्रकाली माविका विद्यार्थी हुन् । उनको परीक्षा केन्द्र ज्ञानमार्ग मावि घ्याल्चोकमा परेको थियो ।