प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारबाटै हत्याराहरुलाई संरक्षण गरिरहेका छन : सासंद संग्रौला

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले मुलुक संघियतामा गईसकेपछी पनि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको अधिकार दिन खोज्नु संबिधानको मर्म बिपरीत भएको बताउनु भएको छ । नेपाल प्रेस युनियनले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. संग्रौलाले प्रदेश भित्रको सुरक्षाको जिम्मा र अधिकार मुख्यमन्त्रीलाई दिनुपर्ने बताउनु भयो । उहाले सरकारले नै संबिधानको मर्म अनुसार काम नगर्दा समस्या बढ्दै गएको बताउनु भयो ।
उहाले संबैधानिक परिषदले गरेका निणर्यहरुका सम्वन्धमा बिरोधको सुचना दर्ता गर्दा त्यसउपर छलफल नगरीनु दुखद भएको बताउनु भयो ।

प्रतिनिधि सभाका सदस्य डा. संग्रौलाले बिरोधको सुचना माथि छलफल नभएसम्म प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस काग्रेसका सभापति शेर बहादुर देउवा संबैधानिक परिषदको बैठकमा सहभागि नहुने बताउनु भयो  नेपाल महिला संघी निवर्तमान सभापति समेत रहनु भएकी डा. संग्रौलाले निर्मला हत्याकाण्डका दोषिलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारबाटै संरक्षण गरेको आरोप लगाउनु भयो । उहाले भन्नुभयो ८ महिनासम्म निर्मला हत्याकाण्डमा संलग्न अपराधि पक्राउ परेका छैनन तिनिहरु कहा छन खोजी भइरहेको छ गृहमन्त्रीले संसदमा ९४ प्रतिशत अनु्सन्धान भइसक्यों अव अपराधि पक्राउ पर्छन भन्नु भएको पनि महिनौ बित्यो तर पक्राउ परेका छैनन अपराधिलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारमा राखेर संरक्षण गरेकाले नपक्रिएका हुन । पत्रकार सम्मेलन युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचिव कल्पना तिवारीको सञ्चालनमा भएको थियो ।