बैंकक लैजान्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौँ /विश्व शान्ति पुजाका लागि बैंकक लैजान्छु भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१ स्थित रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालक २८ वर्षीया शान्ति लामा र ३६ बर्षीय खाण्डो शेर्पां रहेका छन् ।

विश्व शान्ति पुजाका लागि थाईल्यान्डस्थित बैंककमा रहेको गुम्बाहरुमा लैजान्छु भन्दै उनीहरुले ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विरुद्ध महानगरीय वृत महाराजगञ्जमा उजुरी परेको थियो