काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने मेरा विरुद्ध भ्रम फैलाउने चेष्टा गरियो। म जाने बेला पनि मूख्यतः उपचारको निम्ति जाँदैछु भनेको थिए। केही राजनीतिक भेटघाट पनि हुन्छन् भनेको थिएँ। त्यहीअनुसार नै भेटघाट र कुराकानी भयो उनले भने। दाहालले आफू हवाईजहाजमा रहेका बेला अमेरिकामा आफूविरूद्ध उजुरी परेको बताए। म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष दाहाललले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रूपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ। अध्यक्ष दाहाललले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए। उनले भने राजदूत लगायतका साथीहरूले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। तर अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन जारी गरिसकेको थियो। उनले आफू नेपाल फर्किएसँगै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन लाग्ने बताए। म अमेरिका नगएको भए यतिञ्जेल पार्टी एकता टुंगोमा पुग्थ्यो। अब हामी पार्टी एकतालाई गति दिन्छौं। केही दिनमा एकता प्रक्रिया टुंगिन्छ दाहालले भने।












