काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ध्वंस मच्चाउने नेक्रवित्रम चन्द समूहलाई प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गरिरहेको आरोप लगाएका छन् । उनले पछिल्ला दिन कांग्रेस नेताहरूले चन्द समूहमाथिको प्रतिबन्ध र विखण्डनको मुद्दा बोक्नेलाई मूलधारमा ल्याउन सरकारले गरेको सहमतिप्रति प्रश्न उठाएको भन्दै ओलीले असन्तुष्टि जनाए ।
‘एउटा गिरोहका नाममा उत्पात मच्चाइएको छ, यो प्रतिबन्ध उत्पातमाथिको हो, जेसुकै भए पनि सरकार यो सामाजिक अपराध हुन दिँदैन,’ नेकपा प्रदेश ३ कमिटीलाई बिहीबार राजधानीमा शपथ गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिस्टको बर्को ओढेपछि जे पनि गर्न हुन्छ भन्ने होइन तर कांग्रेस उसलाई समर्थन गरिरहेको छ । कठैबरी, कांग्रेस हेर्दाहेर्दै कहाँ पुग्यो ।’ कान्तिपुर दैनिकमा खबर छ ।












