क्याम्पस वस संचालनले छोरी वुहारीको उच्च शिक्षामा सहजता आउँछ : मेयर खड्का ।

प्रकाशित मिति:

सोम दियाली, सर्लाहीजिल्लाको लालबन्दी स्थित जनज्योती वहुमुखि क्याम्पसले क्याम्पस वस संचालनमा ल्याएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै २६ लाखमा वस खरीद गरी संचालनमा ल्याइएको हो ।

बस खरीदका लागि लालबन्दी नगरपालिकाले १५ लाख सहयोग गरेको स्वतन्त्र विद्यार्थी यूनियन जनज्योती बहुमुखि क्याम्पस सभापति शिवहरी गौतमले बताउनु भयो । विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै स्ववियूकै विशेष पहलमा वस संचालनमा आएको सभापति गौतमले बताउनु भयो ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रेणुकान्त ढुंगाना, स्ववियू सभापति शिवहरी गौतम, क्याम्पस प्रमुख उमेश तिमल्सिनालाई लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्काले वसको साँचो हस्तान्तरण गर्दै जनज्योती क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोेग गर्ने बताउनु भयो ।

वस संचालनले विशेष गरी ग्रामीण भेगका छोरीवुहारीहरुलाई समेत उच्च शिक्षा हासिल गर्न सहज हुने अपेक्षा समेत आफुले गरेको नगर प्रमुख खड्काले बताउनु भयो । स्वतन्त्र विद्यार्थी यूनियन र क्याम्पसको अत्तिरिक्त क्रियाकलाप उपसमितिले संयुक्त रुपमा आयोजना गरेको सप्ताह व्यापी खेलकुद कार्यक्रम समापन समारोहका अवसर पारेर क्याम्पसलाई वस हस्तान्तरण गर्न पाउँदा गर्व लागेको समेत मेयर खड्काले बताउनु भयो । सो अवसरमा फुटवल, भलिवल, व्याडमिन्टन, नृत्य, गायन लगायतका १० ओटा विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद, मेडल र प्रमाण पत्रबाट सम्मान समेत गरिएको छ । समापन समारोहको अवसरमा क्याम्पसमा स्नातकोत्तर चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई मायाको चिनो सहित विदाई समेत गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्ययक्ष कल्याण कुमार जोशीले समेत नगरको शैक्षिक सुधारमा उद्योग वाणिज्य संघ पनि हातेमालो गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष आभूषण चौलागाई, क्याम्पस समिति सदस्य राजेश्वरी काफ्ले, सदस्य एवं अत्तिरिक्त क्रियाकलाप उपसमितिका संयोजक नारायण गुर्मछान, क्याम्पसका प्राध्यापकहरु, विभिन्न तहमा अध्ययनरत विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।