दुर्घटनामा २ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल -कारले ठक्कर दिंदा बांकेको कोहलपुरमा दुईजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नंं.को मोटरसाइकल र भे.८ प २१६५ नंं.को स्कुटीलाई ठक्कर दिंदा मोटरसाइकलचालक र स्कुटीचालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भई मृत्यु हुनेमा बर्दिया ठाकुरद्वारा– ८ की ३२ वर्षिया उषा चौधरी र बांके बैजनाथ १ का ३० वर्षिय लोकबहादुर शाही रहेका प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुबैजनाको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।