बारा र पर्साको घटनाले पूर्वराजा स्तब्ध

प्रकाशित मिति:

पूर्व राजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा चैत १७ गते आइतबार साँझ आएको हावाहुरीबाट जनधनको क्षति भएको खबर सुनेर आफू स्तब्ध भएको जनाएका छन् ।  उनको निजी सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ,
‘‘प्राकृतिक बिपद्को घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समवेदना प्रकट गर्दछु । साथै घाइतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’’