प्रकाश अधिकारी तनहु एनआरएनका आइसिसि सदस्य तथा समाजसेवी मनोजकुमार श्रेष्ठ९गोर्खाली०ले मृगौला सम्बन्धि रोगले पिडित दुई व्यक्तिलाई मंगलबार एकएक लाख सहयोग गरेका छन्।
यूएईमा मार्च ८ तारिखको दिन भएको गोर्खाली नाईट(२०१९ कार्यक्रमबाट बचेको केही रकम मृगौला पिडित धादिङ रोराङ्ग गाँउपालिकाका विष्णु सुनार र संजीव कंडेललाई जनही १र१ लाख रुपैयाँको दरले एक कार्यक्रमका बिच गोर्खालीको टिमले संयुक्तरूपमा रकम हस्तान्तरन गरेको हो।
गोर्खाली साँझ गोर्खाली र मदन अधिकारीले आयोजना गरेका थिए। नाफाबाट आएको रकम गोर्खाली र अधिकारीको निर्णयबाट सहयोग गरेका हुन्।उक्त रकम वितरण कार्यक्रममा एनआरएन सचिब डिबी छेत्री,एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एनआरएनए एसिया पुर्व उप(संयोजक गोबिन्द श्रेष्ठ लगाएत उपस्थित भएका थिए।












