इटहरी – नेपालकै नमुनाको रुपमा श्रीकृष्ण प्रणामी मन्दिरलाई धार्मीक प्रर्यटनको दृष्टिकोणले बिकास गर्ने योजना सहित करिब १० करोडको लगानीमा मन्दिरको निमार्ण भई रहेको छ । कलात्मक ढंगबाट सज्जिसजाउ गरिएको मनिदरको निमार्ण पश्च्यात इटहरीको धार्मीक पर्यटनमा बिकास हुने अपेक्षा गरिएको छ । ब्रह्मलीन गुरुजी श्री १०८ मंगलदासले स्थापना गरेको श्री कृष्ण प्रणामी मन्दिर केवल प्रणामीको मात्र नभएर सम्पुर्णको भएको कारण यसलाई नेपालकै नमुना मन्दिरको रुपमा बिकास गर्ने योजना सहित सञ्चालन भएको निमार्ण समितिका अध्यक्ष हेम प्रसाद घिमिरे बातए ।
सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाट संगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने देखिन्छ । नेपालकै नमुना घाटको रुपमा इटहरी बुढिगंगा मुक्तिधाटलाई लिन सकिन्छ । दैनिक जसो मुक्तिधाटको अवलोकन गर्न युवायुवतीहरुको भिड लाग्ने गरेको छ । मन्दिरको निमार्णमा करिब १० करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको अध्यक्ष हेम घिमिरेले बताए । सुनसरी भरि रहेका बिभिन्न धार्मीक स्थलको प्रतिक, श्रीकृष्णको लिला सम्पुर्ण श्रीकृष्ण मन्दिरमा देख्न सकिन्छ – पुर्बेली न्युज














