काठमाडौं– विघटित नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले हुरी प्र्रभावित क्षेत्राका सर्वसाधारणको घर बनाउन श्रमदान गर्ने भएका छन्। हुरी प्रभावित बारा पुगेका संघका नेता तथा कार्यकर्ताले सुर्वण गाउँपालिका–१ बगइमा भौतिक सामग्री वितरण गरेको निर्वतमान केन्द्रीय सदस्य शुसील भट्टले जानकारी दिए।
नेविसंघका पूर्वसभापति तथा केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले राहत सामग्री वितरण गरेको हो। काठमाडौंबाट प्रभावित क्षेत्रमा पुगेको टोलीले २ सय ५० घर धुरीलाई राहत सामग्री वितरण गरेको हो।बाराका स्थानीयसँग समन्वय गरी अस्थायी टहरा निर्माण गर्न केही खटिने भट्टले जानकारी दिए।












