सात प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री निवासमा

प्रकाशित मिति:

काठमाडौं – मुलुकको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु विकास योजनामा प्रदेशको अधिकार माग्दै प्रधानमन्त्री निवास पुगेका छन् । राष्ट्रिय विकास परिषद् बैठकमा सहभागी हुन काठमाडौ आएका मुख्यमन्त्रीहरु योजना अधिकार माग्न बिहिबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन् ।

बुधबारदेखि शुरु भएको परिषद बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले प्रदेशलाई बेवास्ता गरी दीर्घकालीन योजना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन विकास योजनाको मस्यौदापत्रलाई सरकारले आज बिहिबार अन्तिम रुप दिँदैछ ।

दीर्घकालीन विकास योजनालाई अन्तिम रुप दिनुअघि त्यसबारे छलफल गर्न मूख्यमन्त्री प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । बालुवाटारमा अहिले प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्रीहरुबीच दीर्घकालीन विकास योजनासहित प्रदेशका विभिन्न पक्षबारे छलफल भइरहेको छ ।