माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु

प्रकाशित मिति:

बिर्तामोड-  झापाको गौरादह नगरपालिका-१ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही स्थानका सात वर्षीय सुमन कर्मकारको मृत्यु भएको हो।

बुधबार साँझ ६ बजेरतिर खेल्ने क्रममा ढिस्कोले पुरिँदा गम्भीर घाइते भएका सुमनलाई उपचारका लागि दमकस्थित लाईफ लाइन अस्पताल पठाइएकोमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। बालकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ©annapurnapost.com