एजेन्सी -घरका कुनै पनि सदस्यले पुरै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुँदैन् भने वास्तुशास्त्रसँग जोडिएको कुनै गल्ति भएको हुन सक्छ। सुन्नमा त ती कुरा सामाधारण लाग्न सक्छन्, तर ती कुराले जीवनमा निकै ठूलो प्रभाव पारेको हुन्छ।
ती कुरामा ध्यान नदिदा कयौँ समस्या वा उल्झनमा पर्नु पर्ने हुन्छ।त्यसैले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रका यी ५ कुरा ध्यान दिनुहोस्ः १० कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस्। यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस्। तर पुरा रुपमा खुल्ला नछोड्नुहोस्। २० मन्दिरमा रातभर फूल नराख्नुहोस् ।कुनै व्यक्तिले भगवान्को पुजा गर्दा फूल चढाउने गर्छन् र त्यसलाई रातभर त्यही छोडिदिन्छन्। तपाई त्यसो नगर्नुहोस् । बिहान चढाएको फूल वेलुकी हटाइदिनुहोस्। ३ गाईलाई भोजन नगराई आफूले खाना नखानुहोस्। हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस् ।
यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धीत समस्या बढ्न सक्छ। ४० खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस्। यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ। ५० काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस्। यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ।












