नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ मा वडा भेला सम्पन्न

प्रकाशित मिति:

बुटवल – नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा वडा भेला गरेको छ । भेलाले पार्टीको संगठन बिस्तार गर्नकालागि टोल समिति गठन गर्न वडा समितिलाई अख्तियारी प्रदान गरेको छ । बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो र धेरै मतदाता रहेको वडामा नेपाली काँग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ, त्यसतर्फ पार्टीले ध्यान दिन जरुरी रहेको भेलामा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

वडा सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पार्टीको संगठन सुदृणीकरणकालागि जिल्ला कार्यसमितिले अभियान सञ्चालन गरेको र त्यसैका लागि वडा भेला आह्वान गरिएको बताउँदै यस्ता कार्यक्रमले पार्टीका आन्तरिक मतभेदहरुमा छलफल गरि समस्या समाधानको बाटोमा अंगाडी बढ्न मद्धत गर्ने बताउनु भयो ।वडा नं. ११ बुद्ध नगरमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरि लम्साल, नेपाल बिद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रकाश राना, भूपू सैनिक संघका अनिल पाण्डे, महिला संघकी रीता केसी, क्षेत्रीय सदस्य नेत्र भट्टराई, मतदान केन्द्र सभापति कृष्णमान कुवँर, सचिव दुर्गा खत्री लगायतले भनाई राख्नुभएको थियो ।

सोही कार्यक्रममा ४ जना महिलाले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई जिल्ला सचिव खाँणले टिका अविर सहित नेपाली काँग्रेसमा प्रवेश गराउनु भएको हो ।त्यस्तै शनिबार नै बुटवल उपमहानगरपालिका वडा नं. १९ मा पनि वडा भेला गरिएको छ । वडा सभापति केशव पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय सभापति हरि लम्साल, महाधिवेशन प्रतिनीधि हरिहर श्रेष्ठ, नगर सभापति खेलराज पाण्डे, क्षेत्रीय सचिव जोगबहादुर खत्री लगायतले भनाई राख्नुभएको थियो ।