कालीगण्डकी डार्ईभर्सनका विषयमा प्रदेश सांदस भागवत प्रकाश मल्ल द्धरा संसदमा चासो व्यक्त

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशका प्रदेश सभा सांसद भागवत प्रकाश मल्लले स्याङ्गजाको गलेल्याङ्ग नगरपालीका १ मालुङ्गा र पाल्पा जिल्लाको रम्घा गाउपालीका ३ वाट शुरु गरीने भनी विस्तृत अध्ययन प्रतिवेदन तयार पारीएको भनीएको तिनाउ डाईभर्सन वहुउदेश्यीय परीयोजनाको चर्चा र त्यसले पार्ने प्रभावका विषयमा प्रदेश संसदमा चासो व्यक्त गर्नु भएको छ । उहांले भन्नु भयो हाम्रो प्रदेश सभालाई गुमहराहामा राखेर कालीगण्डकी देखि ३० कीमी लामो सुरुङमार्गवाट रुपन्देही कपीलवस्तु ,परासी क्षेत्रका करीव ३० हजार हेक्टर जमीन सींचाई र १ सय ४ मेगावाट विधुत उत्पादन गर्ने भनीएको परीयोजनाको लागत अनुमाननीत ४० अर्व भनिएको छ ।

हाम्रो प्रदेशको गौरवको रुपमा रहेको कालीगण्डकीलाई प्रयोग गरेर विकासका नाममा विनास गराउने चेष्टा गरिएको छ । यदि डाईभर्सन वनाउन खोजिएको खण्डमा वाध वन्ने भागवाट तल्लो भागको गण्डकी प्रदेशका गल्याङ र चापाकोट नगरपालीका तथा तनहु जिल्लाका केही नगरपालीका तथा गाउपालीका राम्दी देखि देवघाट सम्मको नदीको भण्डै १ सय ३३ कीमी दुरीका र त्यसको दक्षीण क्षेत्रमा वसोवास गर्ने लाखौ नागरिक त्यसभित्र पर्ने जलचर र स्थलचरको ठुलो क्षती हुने कुरामा कुनै शंका छैन । संसदमा वोल्दै सांसद मल्लले भन्नु यदी यो परीयोजना लागु गरीयो भने त्यस क्षेत्रको खेती योग्य जमीन कला संस्कृती र सभ्यता उत्तरवाहीनी नदीको महत्व मठमन्दीरहरुको अस्तीत्व नष्ट हुनुका साथै विश्वमै दुर्लभ मानीएको विष्णु भगवानको अवतारको रुपमा रहेको शालीग्रमको अस्तीत्व लोप हुने खतर देखिन्छ । प्रदेश नं ५ का खेती योग्य जमीन सिंचाई गर्ने वाहानामा कतै भारत लैजाने वाहाना त होईन भन्दै मल्लले आग्रह गर्नु भयो हामीले अरवौको योजना वनाउदै गर्दा कतै खरवौत गुमाई रहेका छैनौ यस तर्फ सम्वन्धीत निकायको ध्यान पुगोस् ।