एजेन्सी -भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ । चाँदि देखेमा वा पाएमा धन र अहंकार बृध्दि । झरना देखेमा दुस्ख दुर हुनु । टोपी देखेमा दुस्ख नाश भएर, उन्नति हुनु । ठूलो पर्खाल देखेमा सम्मान बढ्नु । डोरी देखेमा यात्रामा कठिनायी र झन्झट हुनु । ढोका देखेमा ठूलाबडासँग मित्रता हुनु । ढोका बन्द देखेमा परेशानी र चिन्ता हुनु । । दलदल देखेमा सन्तान प्राप्ति हुनु । दाँत भाँचिएको देखेमा दुस्ख र झन्झट हुनु । दाँत माझेको देखेमा पापको प्रायश्चित हुनु । धनुष तानेको देखेमा लाभप्रद यात्रा हुनु । पर्वत चढेको देखेमा पदोन्नति वा प्रसिध्द हुनु । पत्र पढेको देखेमाशुभ समाचार, परिश्रम । प्रकाश देखेमा उच्चकोटीको साधु बन्ने । पानी पिएको देखेमा राज्यबाट लाभ । फलाम देखेमा कुनै धनवानद्वारा लाभ । बजार देखेमा दरिद्रताको नाश हुनु । बलेको दियो देखेमा आयु बृध्दि हुनु । बहर वा गाई देखेमा मोटो लाभ, दुब्लो दुस्ख । बादल देखेमा विरक्ती र परिशानी बढ्नु । बिरालो देखेमा चोरी हुनु, शत्रु बढ्नु । भर्याङ देखेमा सुखसम्पत्ति बढ्नु । भूकम्प देखेमा सन्तानलाई कष्ट र दुस्ख ।












