राम नवमीका दिन यी १० भक्ति मार्गमार्फत् भेट्न सकिन्छ आर्थिक समृद्धि

प्रकाशित मिति:

काठमाडौं – हामीले आर्थिक समृद्धिको धेरै नाराहरु रच्ने गरेका छौं । देशले एकातर्फ आर्थिक समृद्धिको लक्ष्य लिएको छ भने अर्काे तर्फ हामी व्यक्तिगत समृद्धिको चिन्ता पनि उत्तिकै लिने गर्दछौं । तर, आर्थिक समृद्धिको लागि भक्तिको पनि मार्ग छ ? धर्मशास्त्रहरुका अनुसार भगवान श्री रामको विधिविधानबाट भक्तिगरी समृद्धिको बाटोमा पुग्न सकिन्छ । भक्ति मार्गबाट आर्थिक समृद्धि हाँसिल गर्ने १० बाटोहरु रहेका छन् । ती निम्नानुसार रहेका छन् ।

* रामनवमीको दिन भगवान श्रीराम की पूजा-अर्चना गर्नुहोस् ।

* नयाँ घर, पसल अथवा प्रतिष्ठानमा पूजा-अर्चना गरी प्रवेश गर्नुपर्दछ ।

* नवरात्रिको नवौं दिन यानी रामनवमीका दिन माता दुर्गाको नवम स्वरूप सिद्धिदात्रीको उपासना गर्नुहोस् । एवं आफ्नो शक्तिनुसार माता दुर्गाको नामबाट दीप प्रज्ज्वलित गर्नुहोस् ।

* गरीब-असहाय मानिसहरुलाई आफ्नो सामर्थ्य अनुसार दान-पुण्य गर्नुहोस् ।

* रामको जन्मोत्सव यसरी मनाउनुहोस् कि जसरी घरमा कोही नयाँ शिशु जन्मिएको छ।

* नवमीको दिन कुमारी कन्याहरुलाई भोजन गराउनु होस् ।

* कन्याहरुलाई उपहारस्वरूप कुनै चीजहरु भेटी दिनुहोस् ।

* कुनैपनि प्रकारको शुभ कार्य गर्ने दृष्टिले यो एक महत्वपूर्ण दिवस हो।

* श्रीराम नवमीको दिन रामरक्षास्त्रोत, राम मन्त्र, हनुमान चालीसा, बजरङ्ग बाण, सुन्दर काण्ड आदिको पाठबाट केबल अक्षय पुण्य मिल्दैन यसो गर्दा धन सम्पदाको निरन्तर बढ्ने योग समेत जाग्रत हुन्छ ।

* कुनैपनि नयाँ कामको शुरुआत, नयाँ व्यवसाय आरम्भ समेत गर्न सक्नुहुनेछ ।