दिपेन्द्र पोखरेल भैरहवा। नेपाल डेन्टल एसोसिएसन एन. डी. ए शाखा रुपन्देहीद्वारा आयोजित एक कार्यक्रममा बरिष्ठ दन्त चिकित्सक डा ज्योती भट आत्रेय सम्मानित हुनुभएको छ। बिगत दुइ दशक भन्दा लामो समय देखि निष्ठा एवं समर्पणका साथ बिरामीहरुको सेवामा दन्त चिकित्सकको रुपमा पुर्याउनु भएको योगदान अनि समग्र डेन्टिस्ट्रीको श्री वृद्धिमा खेल्नु भएको भूमिकाको उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो। वहाँलाई एन। डी। ए। रुपन्देहीका अध्यक्ष डा कलित राज जोशी एवं पुर्व अध्यक्ष डा। हेमन्त कुमार र डा। दीपक यादवले कदर पत्र प्रदान गर्नुभएको थियो।
शुभकामना आदान प्रदान एवं निरन्तर दन्त शिक्षा अन्तर्गतस प्रा। डा। रानो माल प्रियानी, डा। आशिष कुमार शाही, डा। दीपक यादव, डा। शशांक त्रिपाठी, डा। वैभव नारायण राइ, ड़ा रविस मिश्र, डा। लक्ष्मी कंडेल, डा। सन्तोष कंडेल, डा। सौरभ आर्यन कर्ण लगायतका विशेषज्ञले प्रस्तुती दिनु भएको थियो। एन डी ए रुपन्देहीले हाल सम्म गरेका गतिबिधि र आगामी कार्यक्रमहरुको बारेमा एन। डी। ए। रुपन्देहीका महासचिव डा। दीपेन्द्र पोखरेलले जानकारी गराउनु भयो । सम्मानित डा। आत्रेयले एन। डी। ए। रुपन्देहीले गरेको कार्य प्रति धन्यवाद एवं शुभकामना ब्यक्त गर्नु भएको थियो। डा हेमन्त कुमारको अध्यक्षता, डा। ज्योती भट आत्रेयको प्रमुख आतिथ्यता र डा। कलित राज जोशीको स्वागत् मन्तब्यमा सम्पन्न कार्यक्रमको संचालन सोनल शर्मा र बिमला के। सी।ले गर्नु भएको थियो।










