कति आए कति गए नयॉ साल थाहै भयन

प्रकाशित मिति:

कति आय कति गय नयॉ साल थाहै भयन
जिबन आफ्नै गईरहेको हाल थाहै भयन

अर्कों साल अर्कों साल राम्रो गर्छु भन्दा भन्दै
सारा ज़िन्दगी बितीसकेको चाल थाहै भयन

उमेर छदॉ कति कति ।।घमण्ड हुन्छ।।। मनमा
शरीर गल्छ हराउछ घमण्ड को ताल थाहै भयन

मैं अशल छु राम्रो गर्छु मै राम्रो अहंम गर्छन् मान्छे
जान्छ रुप आऊछ बुडो कुरुपको हाल थाहै भयन

आफु बलियो हुँदा सन्ततिलाई धनि बनाऊछ भन्दा
ऑखा नदेख्ने बुडो शरीर बेहाल भयको थाहै भयन

ख़ल्तिरु खल्ति हुदैन कफनको लग्न पॉईदैन भन्थे
कफनमा चड्दा साथमा जान्न धनमाल थाहै भयन

रचना शारदा क्षेत्रि ।।
हाल न्युयोर्क अमेरिका