सैनामैना -सैनामैना नगरपालिका कौलाउनी स्थित रामापुर मावि रामापुरमा परिक्षार्थिलाई दुव्यर्वहार भएको छ ।साविकको उच्च मावि तहको अंग्रेजी विषयको करार शिक्षकको परिक्षा दिने परिक्षार्थिलाई सहि सूचना नदिदा परिक्षार्थि परिक्षा दिनबाट बन्चित समेत भएका छन् ।
उक्त विद्यालयको फोन नं ५०५१६१ नम्बरमा फोन गरेर सोध्दा गलत सूचना दिएपछि परिक्षार्थिले मंगलबार सम्पन्न भएको परिक्षा दिनबाट बन्चित समेत भएका हुन् । गलत सूचनाको कारण परिक्षा तालिका थाहा नहुदा परिक्षा दिन पाएनौं , सो सम्बन्धमा पछि किन यस्तो गरेको भनी सोध्दा उल्टै गाली गलौज गरेको परिक्षार्थि अशोक थापाले बताए । थापाले भने , ‘ म विद्यालयले परिक्षा केन्द्र तोकेको ठाउ पर्रोहा उच्च माविमा विहान ८ बजे पुगेको थिए ।
त्यहां १२ कक्षाको परिक्षा चलिरहेको देखेर विद्यालयको फोन नंमा फोन गर्दा फोन उठाउनेले परिक्षाको समय नबताएको र पछि उल्टै बेफकुफ , साले जस्ता गाली गरे । त्यसपछि म बस चढेर उक्त विद्यालयमा पुगी परिक्षाको विषयमा र उक्त फोनमा बोल्ने को थियो भनि सोध्दा उल्टै अपशब्द प्रयोग गरियो । ’थापाले आफुलाई अभद्र व्यवहार गरेकोले परिक्षा समेत नदिई फर्किएको बताए । त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस कृतिपुरबाट अंग्रेजी विषयमा स्नातकोत्तर प्रथम डिभिजनमा उत्तिर्ण थापाले जागिरको सीलसीलामा धेरै ठाउ पुगेको भएता पनि यस्तो दुव्यर्वहार कतै नभएकोले आफुले जिल्ला अदालत रुपन्देहीमा गाली बेइज्जती मुद्धा हाल्ने बताएका छन् । फोन उठाएर गाली गर्ने शिक्षकको अडियो क्लिप पनि थापा संग सुरक्षीत छ ।विद्यालयको कार्यलय फोन उठाएर गलत सूचना दिने र अपशब्द प्रयोग गर्ने को हो भनेर अझै सम्म विद्यालयले एकिन गर्न सकेको छैन । सो सम्बन्धमा हामीले विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेललाई सम्पर्क गरी तपाईको विद्यालयमा फोन उठाउनेहरुले जे पायो त्यहि बोल्दा रहेछन् नी भनि सोध्दा उनले भने , ‘ जे सुनियो त्यो गलत हो । उक्त कार्य गर्ने कारबाहिमा पर्छ ।’








