एजेन्सी -यो संसारको एकमात्र यस्तो प्राचीन शिव मन्दिर हो, जहा गर्मी सुरु हुँदा शिव पार्वतीको प्रतिमा एक अर्काबाट अगल हुदै जान्छ । गर्मीसंगै अलग हुने यो मुर्ती जाडो मौसममा भने आफै नजिकिदैं जान्छ ।यो मन्दिर २३०० वर्षभन्दा बढी पुरानो हो । यो शिव मन्दिर भारतको हिमाञ्चल प्रदेशको काठगढ क्षेत्रमा अवस्थित छ । जहाँ शिव पार्वतीको एउटा मुर्ती ऋतु परिवर्तन संगै अलग हुने अनि नजिकिने गर्छ।
इशापुर्व ३२६ मा पहिलोपटक मेसेडोनियाका शासक सिकन्दरले भारत आक्रमणको बेला एक सन्यासीलाई शिवलिंगको पूजा गरिरहेको देखेका थिए । सोहि समयमा उनले आफ्ना ५ हजार सैनिकलाई त्यस ठाउंमा आराम गर्न अह्याएत्यसपछि उनले पूजा गरिरहेको सन्यासीलाई भने, ‘मसंग युनान हिड्नुस् । म तपाइलाई संसारको सबैभन्दा सुन्दर चिज दिनेछु ।’

सन्यासीले जवाफमा भने, ‘तपाइ पछाडि हट्नुस्। सुर्यका किरण नछेक्नुस्।’सिकन्दर पनि सन्यासीको चाल देखेर अचम्म मान्दै गए। अनि सन्यासीसंग मिलेर शिव मन्दिर बनाउनको लागी जमिन सम्म पारे र चारकुने शिव मन्दिर बनाए । सोहि ठाउँमा आठकोण भएको व्यास नदिको तलाउ बनाए ।हजारौं वर्षपछि भारतीय महाराणा रणजित सिंहले सो मन्दिरको पुनरुद्धार गरि धार्मिक स्थल बनाएका थिए ।ग्रह तथा नक्षत्रका अनुसार उक्त मुर्ती दुई भागमा विभाजित हुन्छ । शिवरात्रीको दिन मिलन हुन्छ । यो शिवलिंग कालो र खैरो रङको छ । जहाँ शिवको उचाई ८ फिटको छ भने, पार्वतीको उचाई ६ फिटको छ ।प्राचीन मान्यताअनुसार त्रेतायुगमा भगवान रामका भाइ भरतले पनि यस मूर्तीको पुजा गरेका थिए । शिवलींगको दुइ भाग चन्द्रमाको प्रभावले घटबढ गर्दछ । जसले गर्दा शिव पार्वती मौसम परिवर्तन संगै अलग हुन्छन् भने फेरि संगै जोडिन्छन् ।












