गणेश चौथीको महिमा यस्तो छ जान्नुहोस

प्रकाशित मिति:

एजेन्सी -मंगल चौथी पनि भनिने गणेश चौथीको अवसरमा उपत्यकाका चार विनायक सहित कमलादीस्थित गणेश मन्दीर, रानी पोखरीस्थीत सोह्रहाते गणेश, मरु गणेश लगायतमा भक्तजनहरुको भिड लाग्ने गरेको छ छ।

चथा पर्वमा नेवारी समुदायमा उखु, अदुवा, चथाजस्ता बनस्पति लगायतका बस्तु चन्द्रमालाई चढाएर यो पर्व मनाउने चलन छ ।पूर्वीय संस्कृति अन्तर्गत कुनै पनि कामको सफलताका निमित्त सबैभन्दा पहिले मङ्गलाचरण, स्वस्तिवाचन र इष्टदेवताको पूजाआजा गर्ने विधान छ । सामान्यतया कुनै कार्य सुचारु ढंगले सम्पन्न होस् भन्ने कामनाले श्रीगणेशको वन्दना गरिन्छ । उनलाई वैदिक वा पारम्परिक विधिविधानको प्रयोग गरी अर्चना वा पूजा गर्ने चलन छ ।

अतः सनातन धर्म र संस्कृतिमा सर्वप्रथम श्रीगणेशको पूजाबाट नै कुनै पनि कामको प्रारम्भ हुने गर्दछ । त्यो जुनसुकै इच्छा पूर्ण गर्नका निमित्त हुनसक्छ, जस्तै थालेको कामको समाप्तिपर्यन्त कुनै बाधाअवरोध नआओस् भनेर वा स्त्री, पुत्र, पौत्र, धन, समृद्धि पाइयोस् वा कुनै आपत, विपत वा सङ्कटबाट छुटकारा मिलोस् भनेर ।श्रीगणेशको जन्म भदौ महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको थियो । त्यसैले प्रत्येक वर्ष यस दिन धूमधामका साथमा गणेश जयन्ती पर्व मनाउने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा यो पर्व महिलाहरूको महान् पर्व तीजको मध्यमा पर्दछ । हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन छ, त्यसको भोलिपल्ट अर्थात तीजको पार्नाका दिन गणेश चतुर्थी पर्दछ र त्यस दिन चौथी हान्ने दिन भन्ने चलन पनि छ । गणेश चतुर्थीको भोलिपल्ट ऋषिपञ्चमी पर्व मनाउने गरिन्छ । त्यसैले गणेश चतुर्थीलाई तीज पर्वकै अङ्ग मान्ने चलन रहेको छ ।यसरी गणेश जयन्तीका दिन भगवान् गणेशलाई बुद्धि, समृद्धि र सौभाग्यका देवताका रूपमा पूजा गर्ने गरिन्छ । भाद्र महिनाको शुक्लपक्षको दिवाकालको मध्याह्नमा श्रीगणेशको जन्म भएको हो भन्ने मान्यता छ, त्यसैले प्रत्येक पक्षको चतुर्थी तिथि ९शुक्लपक्ष वा कृष्णपक्ष० भगवान् गणेशलाई अत्यधिक प्रिय लाग्दछ । यस दिन व्रत लिने भक्तजनले मध्याह्नकालमा श्रीगणेशको यथाविधि पूजा गर्ने गर्दछन् । भगवान् गणेश ऋद्धि र सिद्धिका दाता हुनुहुन्छ, शुभता र लाभ वहाँका नैसर्गिक वरदान हुन्, त्यसैले उनलाई सिद्धिविनायक र सङ्कटनाशक देवता मान्ने गरिन्छ ।