न विना परवादेन रमते दुर्जनोजनः ।
काकः सर्वरसान भुक्ते विनामध्यम न तृप्यति ।।–नीति श्लोक
दुर्जनको स्वभाव नै अरुको कुरा नकाटी बस्न नसक्ने हुन्छ । जसरी कागले जति मीठा वस्तु खाए पनि विष्ठा नखाई उसलाई तृप्ति मिल्दैन ।
अरुको कुराकाट्नु भनेको दुर्जनको कोटिमा पर्नु हो । यसलाई पनि एकप्रकारको कुलतका रूपमा नै अथ्र्याइएको छ । अर्काको निन्दा गर्नु स्वयं आफ्नै अवनतिको बाटोमा हिँड्नु हो । जसरी कागले जति मीठा वस्तु खाएपनि उसलाई विष्ठा खाएपछि मात्र तृप्ति मिल्छ त्यसैगरी अरुको कुरा नकाटी दुर्जन व्यक्ति स्थिर रहन सक्दैनन् । अतः अरुको निन्दा गर्नुहुँदैन भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –












