सुदिप गौतम-बुटवल बिगत लामो समयदेखि कलकारिता र मिडियामा लागेका सैनामैना रुपन्देहीका अनिल पहाडी ले आफ्नो रहर गीत सार्बजनिक गरेका छ्न। उनको नया गित यहि शुक्रबार रिलिज भएको छ। लोक बेसमा आधारित रहेको उक्त गितमा स्वर दिनुको साथै पहिलोपटक उनी आफैले अभिनय गरेका छ्न भने अहिलेकी चल्तीकी मोडल बिनु खड्काको मुख्य भूमिका भिडियोमा देख्न सकिन्छ ।
गित अबिरल फिल्म्स मार्फत सार्बजनिक भएको छ। टि आर पौडेलको शब्द अनिल पहाडीको आवाज राजकुमार बगरको संगीत अनि कमल सौरागको एरेन्जमा तयार भएको हो। बिष्णु भट्टराईको छायांकन, सम्पादन र निर्देशन रहेको छ।भिडियोमा सगुन शर्माको मेकअप रहेको छ। गायक अनिलको माया छुटनुमा गल्ती,हाम्रो माया सन्सारकै, काहा छौ तिमी भनन, जुनको सितल लगायतका गितहरु दर्शक श्रोताले रुचाएका छ्न ।हेरौ सोहि गित, गितको सफलताको शुभकामना


			






 				