माैलिक लाेक गित गुल्मी अर्लाङकाेट बजारमा

प्रकाशित मिति:

आफ्नै जन्मभूमिकाे कला,संस्कृति र भुगाेललाई समेटेर तयार गरिएकाे लाेक गित गुल्मी अर्लाङकाेट बजारमा आएकाे छ ।
आर सि सापकोटाकाे युट्युव च्यानलमार्फत लाेक गित गुल्मी अर्लाङकाेट बजारमा आएकाे हाे ।
आफ्नो जन्मभुमीमा रहेका कला, धार्मिक आस्था,संस्कृति, भुगोल र दैनिक जनजीवनमा आधारित भएर ऊठान गरीएका बिषय बस्तुलाई सबैजनाले एऊटा उत्कृष्ट लोकगीतको म्यूजीक भीडीयो मार्फत सहजै जतीबेलापनी र जुनठाऊमा रहेर पनी हेर्न सकीयोस भन्ने ऊदेश्यका साथ स्व. शेषकान्त सापकोटालाई सम्झना गर्दै निर्माण गरिएको गीतका संयोजक प्रकाश सापकोटा र गिरिराज सापकोटाले बताउनुभयो ।
गीतमा राष्ट्रीयकलाकार हरु बिष्णु खत्री र शान्तिश्री परियारले सुमधुर स्वर भर्नु भएको छ। हेमनाथ खरालको शब्द,गणेश अधिकारीको संगीत रहेको गितमा अभीनयको भूमिकामा सन्देश शर्मा र आयुश्मा कार्की रहनु भएको छ । भिडियो समेत निकै आकर्षक वनेकाे छ ।
गीत निर्माणमा प्रेम सापकोटा,भेषराज सापकोटा,बाबु सापकोटा, प्रकाश सापकोटा ,गिरीराज सापकोटा, ज्ञानकुमारी सापकोटा, मित्रलाल सापकोटा, ज्ञानिश्वोर सापकोटा, कृष्णराज सापकोटा, बिष्णु खरेल ,लोकेश सापकोटा र दीपेन्द्र सापकोटाकाे विशेष सहयाेग रहेको छ ।
साथै गीतकाे सल्लाहकारमा बाबु सापकोटा,भेषराज सापकोटा र वरिष्ठ सल्लाहकारमा प्रेम सापकोटा रहनु भएको छ भने समरक्षकको रूपमा भुमा गुरुंग र आर.सी सापकोटा हुनुहुन्छ।
भिडियो हेर्नुहाेस