निर्देशक अनिल गिरीले नेपाली भिडीयोमा नचाय अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिनलाइ

प्रकाशित मिति:

अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिन पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।

सुस्तरी’को भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ जसमा निर्देशक गिरीको प्रशस्तै निर्देशकीय कला देख्न सकिन्छ निर्देशक गिरी लामो समय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका छन् भने उनले धेरै अंग्रेजी सर्ट फिल्म र टीभी शोहरुको निर्देशन समेत गरेका छन्, साथ साथै नेपाली भिडियो सम्बन्धि काममा कति पोक्त छन् भनेर त यो गीतले छोटो समयमा कमाएको लोकप्रियता बाट अनुमान गर्न सकिन्छ । ‘सुस्तरी’मा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ भने भिडियोलाइ एजी फिल्म अस्ट्रेलिया ( Ag Films Australia ) बाट सार्वजनिक गरिएको हो ।