पुजा गर्दा धुप किन बालिन्छ यस्तो छ कारण

प्रकाशित मिति:

हामी सबैलाई थाहा छ, हामीले गर्ने सबै प्रकारका पुजामा धुप बालिने परम्परा सबै धर्ममा कायमै छ । पूजामा अगरबत्ति, बात्तीलगाएका चीजहरु बाल्ने परम्परा छ ।पुजामा सबैले धुप बाल्ने गरेको थाहा भएपछि किन बालिन्छ त धूप रु कहिल्यै विचार गर्नुभएको छ रु पक्कै पनि गर्नुभएको छैन् होला रु हामी यहाँ यसै बिषयमा चर्चा गर्दैछौं ।

खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बाल्ने चलन हुन्छ ।
धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिन्छ ।प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुने गर्दछन् तर आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ।प्रकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ ।