विद्यालय ब्यवस्थापन समितिले लेखा परिक्षण गराउन आनाकानी गरेको भन्दै अभिभावकद्धारा आक्रोश

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ मा अवस्थित जनता माध्यमिक विद्यालय मनरीमा विद्यालय ब्यवस्थापन समितिले समाजिक लेखा परिक्षण गराउन आनाकानी गरेको भन्दै शिक्षक अभिभावक संघ र अन्य विद्यालयका शुभचिन्तकहरुले आक्रोश ब्यक्त गरेका छन ।

सोमबार सामाजिक लेखा परिक्षण गर्न भन्दै विद्यालयले लेखा परिक्षण समितिका पदाधिकारीहरुलाई पत्र काटेपनि विद्यालयको तयारी नभएका कारण बैठक स्थगित भएको शिक्षक अभिभावक संघका अध्यक्ष एवं सामाजिक लेखा परिक्षण समतिका समयोजक सत्य नारायण चौधरीले जानकारी दिनुभएको छ । विद्याललयमा भए गरेका निर्माणका कार्य लगाएत विद्यालयको गतिविधिबारे जानकारी तथा विद्यालयले गरेको कार्य प्रगतिबारे विद्यालयका शुभचिन्तक तथा अभिभावहरु बुभ्न खोज्दा सो कुराबारे विद्यालयले बेवास्ता गरेको भन्दै पटक पटक आग्रह गर्दा पनि विद्यालयले सो कुरा जानकारी गराउन नमानेपछी विद्यालयका अभिभावकहरुले गत फागुन २२ गते विद्यालयको सम्पुर्ण गतिविधिको माग गर्दै निबेदन दिदा समेत समेत विद्यालयले अटेरी गरेपछी आक्रोशित अभिभावकहरुले आफुहरुको कुरा विद्यालयले नसुनेको भन्दै न्यायिक समितिको कार्यालय सरावल गाउपालिकामा पत्र पठाएका थिए । सो पत्र बुझ्दै न्यायिक समिति सरावल गाउपालिकाले सो विद्यालयलाई ७ दिनभित्र पत्रमा उल्लेखित सम्पुर्ण विवरणबारे सम्बन्धित सबैलाई जानकारी गराउन एक हप्ते अल्टिमेटम समेत दियो तर पनि विद्यालयले सरावल गाउपालिकाले दिएको अल्टिमेटको समेत बेवास्ता गरेको समयोजक चौधरीले बताउनुभएको छ ।

विद्यालयले समाजिक परिक्षण्का लागी पटक पटक बैठकको आवाह्न गरेपनि बैठक हुन नसकेपछी समाजिक परिक्षण हुन नसकेको र अब छिट्टै विद्यालयको लेखा परिक्षणको प्रतिबेदन तयार गरि समाजिक लेखा परिक्षण गरिने विद्यालयका प्रअ प्रदिप कुमार चौधरीले जानकारी गराउनुभएको छ । सो विषयमा विद्यालय ब्यवस्थापन समितीका सदस्य समेत रहनुभएका सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीले आफुले अब ताकेता गरि विद्यालयको सम्पुर्ण गतिविधि अभिावकहरु समक्ष प्रस्तुत गर्न पहल गर्ने बताउदै दोषी ठहरिएमा कानुन सम्मत कार्यवाही समेत गरिने बताउनुभयो । सोमबार विदयालयमा पत्रकारहरुसंगको भेटघाटमा अभिभावक संघका पदाधिकारी लगाएत विद्यार्थी, विद्यलालयका शुभचिन्तकहरुले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दृगनारायण चौधरीले विद्यालयमा आफु एकलौटी ढंगले क्रियाकलापहरु अगाडी बढाएको र अपारदर्शी तरिकाबाट विद्यालयमा आर्थिक खर्च गरेका कारण विवरण दिन आनाकानी गरेको हुनसक्ने आरोप लगाएका छन । यस विषयमा सामुदायिक रेडियो दाउन्नेसंग कुराकानी गर्दै विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष दृग नारायण चौधरीले आफुले सामाजिक लेखा परिक्षणमा कुनै पनि अवरोध नगरेको र सो को विवरण विद्यालय प्रशासनले तयार गर्नुपर्ने बताउदै आफु माथि लगाइएका आरोप निराधार र तथ्यहिन रहेको र दोषी ठहरिएमा काुनन सम्मत आफु सजाय भोग्न तयार रहेको प्रतिकृया दिनुभएको छ । जिल्लामै नमुना विद्यालयमा पर्न सफल विद्यालय वि स २०१६ सालमा स्थापना भएको र सो विद्यालयमा यति बेला कक्षा १२ सम्म माध्यमिक तह नेपाली भाषामा र बाल कक्षा देखी ७ कक्षा सम्म अग्रेजी भाषामा पढाई हुने गरेको छ ।