त्रिभुवन क्याम्पस बेलाटारीमा अभिभावक भेला एवं अन्र्तकृया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

पश्चिम नवलपरासीको त्रिभुवन क्याम्पस बेलाटारीमा अभिभावक भेला एवं अन्र्तकृया कार्यक्रम विहिबार सम्पन्न भएको छ । क्याम्पस ब्यवस्थानप समितिका निर्वतमान अध्यक्ष केदार नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा क्याम्पसका सरक्षक समेत रहनुभएका प्रतिनिधि सभा सदस्य हृदेश त्रिपाठीले शैक्षिक सस्था चलाउन सबैको सहयोग हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यार्थी संघर्ष समितिका सचिव महेश गुप्ता, अभिभावक सुनिल गुप्ता, ज्योती नेपाली, क्याम्पस सञ्चालक समितिका निर्वमान सदस्य उमेश चन्द्र यादव, खेम नारायन चौधरी लगाएतले क्याम्पसको गतिविधि माथि प्रकाश पार्नुभएको थियो । त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थीहरुले मासिक पढाई शुलक घटाइनुपर्ने माग राख्दै लामो समय देखी आन्दोलन गर्दै आएका थिए । विद्यार्थीहरुको आन्दोलन फिर्ता तथा माग उपर सम्बोधन गर्नुका साथै पठन पाठन कार्य सुचारु गर्ने सम्बन्धमा अभिभावक भेला र अन्र्तृया कार्यक्रम केन्द्रित रहेको थियो । विद्यार्थीले तत्काल समस्या समाधान गर्न सबै सरोकारवालासँग माग गरेका छन् ।

शिक्षकहरुले पनि पारिश्रमिक पाउनुपर्ने माग राखेका छन् । लामो समयदेखि क्याम्पसमा नियमित पढाइ भएको छैन । शिक्षकले पनि तलब पाएका छैन । हाल त्रिभुवन क्यमम्पस बेलाटारी क्याम्पसमा ३ सय १० विद्यार्थी अध्यनरत रहेको र २७ जना शिक्षक कार्यरत रहेको प्रध्यापक रामसरण पाण्डेले जानकारी दनिुभएको छ । विसं २०६१ मा स्थापना भएको सो क्याम्पस पश्चिम नवलपरासीको विशेषगरी ग्रामीण क्षेत्रमा पर्ने प्रतापपुर र सुस्ता गाउँपालिकाका विद्यार्थीलाई स्नातक तहको अध्ययन गर्ने एउटा मात्र क्याम्पसका रुपमा रहिआएको छ ।