भिजेको तौलियाले पनि घटाउन सकिन्छ मोटो पेट

प्रकाशित मिति:

एजेन्सी -आजकलको खान–पान यस्तो भइसक्यो कि जसका कारण हाम्रो शरीर मोटोपनाको चपेटमा पर्ने गर्छ । शहर बजारमा बस्ने धेरै व्यक्ति बाहिर खाना खाने बानी हुन्छ । कतिपयको बाध्यता पनि हुन्छ । तर हामीलाई थाहा हुँदैन कि बाहिरको खानामा कस्तो तेल प्रयोग गरिएको हुन्छ रुकतिपय खाना त यस्ता पनि हुन्छन्, जसलाई हाम्रो शरीरले राम्रोसँग पाचन नै गर्न सक्दैन् ।

जसकारण पेट फुल्ने समस्या निम्तिन सक्छ । मोटो पेट घटाउन डाइट र एक्सरसाइज सबैभन्दा प्रभावकारी विकल्प मानिन्छ । तर व्यस्तताका कारणले धेरै मानिसले यो विकल्पलाई अपनाउन सक्दैनन् ।त्यसो भए मोटो पेट घटाउने सजिलो उपाय अरु छैन त रु पक्कै पनि छ , त्यो हो भिजेको तौलिया । धेरैलाई थाहा नहुन सक्छ कि भिजेको तौलियाले पनि मोटो पेट घटाउन मद्दत गर्छ भनेर ।

यदि तपाईको पेट फेलेको छ, तपाई त्यसबाट छुटकरा पाउन चाहनुहुन्छ भने, एउटा छुट्टै तौलियाको व्यवस्था गर्नुहोस्, जो अलि मोटो खालको होस् । राति सुत्नु अगाडि तौलियालाई सफा पानीमा भिजाउनुहोस् । सजिलै चुहिने पानीलाई निचोरेर फाल्नुहोस् र पेटमा राखेर बाहिरपट्टीबाट अर्को सुख्खा कपडाले बाँधेर सुत्नुहोस् ।बिहान उठ्नेवित्तिक तौलिया हटाउनुहोस् । पहिलो दिनमै तपाईले यसको सकरात्मक असर देख्नुहुनेछ । पेटमा भिजेको तौलियाले बाँध्दा पाचन प्रक्रियामा मद्दत पुग्छ । यसका साथै भिजेको तौलियाले तपाईको पेटमा रहेको ह्वाइट फ्याट कोषलाई तोडेर ब्राउन फ्याट कोषमा परिणत गरिदिनेछ ।