हुँम्ला – नयाँ संचालनमा आएको जोगराज आधारभुत विद्यालयको औपचारिक रुपमा उद्घाटन गरिएको छ । यस अघि बाल विकास केन्द्रका रुपमा रहेको उक्त विद्यालयलाई आधारभुत विद्यालयका रुपमा मान्यता पाएपछि विद्यालयमा हाल कक्षा एकसम्म पठन -पाठन हुने गरेकोमा अब उक्त विद्यालयमा कक्षा तीनसम्म पढाई हुने भएको छ । उदघाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले गर्नु भएको हो ।
३२ जना विद्यार्थी अध्ययन गरी रहेको उक्त विद्यालयमा ३० जना दलित विद्यार्थी रहेका छन् । दलित समुदायलाई लक्षित गरी संचालनमा आएको विद्यालयलाई आवश्यक सबै सहयोग गर्ने अध्यक्ष रावलले बताउनु भयो । यसै बीच विद्यालयको उद्घाटन भएको दिन अभिभावकहरुको भेलाले खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका सदस्य भरतजंग शाहीको अध्यक्षतामा सात सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यमा धनसिंह सुनार, मकविर शाही लगाएत दलित तथा अन्य जातिका महिलाहरु समेटिएको वडा अध्यक्ष शाहीले बताउनु भयो ।












