एजेन्सी -शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्रामरडेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ ।
यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ । यी हुन् युरिक एसिडका कारण तथा बच्ने उपायस् शरीरभित्रको युरिक एसिड पगाल्ने इन्जायमको कमीका कारण संक्रमण भई ७० प्रतिशतलाई यस्तो समस्या हुने गर्छ । कतिपयमा खानामा प्रोटिन बढी भएर वा वंशाणुगत कारणले पनि लाग्ने गर्छ ।
युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ ।दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नुहुँदैन । यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ ।युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ ।युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ ।










