वास्तु शास्त्रले विभिन्न दिशावाट प्राप्त हुने उर्जाका आधारमा कुनै पनि वस्तुको प्रयोग कसरी गर्दा फाइदा पुग्छ भन्ने जानकारी दिन्छ ।वास्तुशास्त्र अनुसार अध्ययनलाई व्यवस्थित र अध्ययनमा लगनशिल र तिष्ण बन्नका लागि अध्ययन कक्षलाई व्यवस्थापन गर्न आवश्यक छ । त्यस कक्षामा प्रयोग हुने रंग, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्छ । तसर्थ वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन यसरी गर्न सकिन्छ ।
१। अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान ९पूर्व ९ उत्तर० दिशा श्रेष्ठ हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ।
२। अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनु पर्छ। टेबुलको आकार निकै ठुलो अथवा धेरै सानो पनि हुनु हुदैन। टेबल पुस्तकहरुले भरिएको हुनु हुदैन।
३। अध्ययन कक्षका भित्ताको रंग हल्का निलो, घिउ रंग, सेतो या हल्का हरियो राख्न सकिन्छ।
४। अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुनु पर्छ। टेबल ९ लेम्प अध्ययन टेबलको दक्षिण पूर्व दिशामा हुनु उपर्युक्त हुन्छ। टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ।
५ । किताबहरु राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर९ पूर्व दिशामा राखिनु पर्छ। अध्ययन कक्षको उत्तर पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ।












