काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को अनिवार्य सामाजिक र विज्ञान परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। २०७५ चैत १० गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई का प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्नेहरुमाथि अख्तियारले विशेष अदालत काठमाडौमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दीपेन्द्रकुमार मण्डल, प्रहरी जवान ब्रम्हादेव सुनरैत, निमावि राहत शिक्षक मनोजकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। त्यसैगरी प्रश्नपत्र लिक गर्न सहयोग गरेको भन्दै अख्तियारले अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, बबरमहल एन परिवर्तित नाम, बबरमहल एम परिवर्तित नाम, टंगाल परिवर्तित नाम, टंगाल परिवर्तित नाम, श्रवण यादव र इन्दल यादवलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनको आधारमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो। प्रहरी जवान दीपेन्द्रकुमार मण्डल समेतले परीक्षाको प्रश्नपत्र अनधिकृत रूपमा निकाली परीक्षा सुरू हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानुनी लाभ पुर्याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
परीक्षा सुरू हुने निर्धारित समय अगावै सार्वजनिक गरी गोपनीयता भंग गर्ने कार्यमा सहयोग गरेको र प्रश्नपत्रहरु प्राप्त गरी सुविधासमेत लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा कैद र जरिवानासमेत माग गरेको छ।नेपाललाईभ वाट












