सुत्केरी : न स्याहार, न आहार मात्र मजदुरीको भार

प्रकाशित मिति:

प्रेम पुन्थोकी – मध्ये जेठको बुटवलको उखर मौलो गर्मी, तिनाउ नदीको बगर छेउको पवित्र नगर बस्तिमा बन्दै गरेको घरमा इट्टा बोक्दै गरेको भेटिएकी २२ बर्षीय सीता कुमाल पनि अरु मजदुरहरु जस्तै खटिएकी छिन् । उनीहरुकै शब्दमा लेवर भनिएर बुझिने उनको जिम्मेवारी इट्टा, बालुवा, सिमेण्ट, माटो, मसलाबोकेर मिस्त्री सम्म पुराउने हो । उनी मात्र हैन उनी जस्तै धेरै महिलाले उनले जस्तै काम गरिरहेका छन् तर भ्रखर ४ महिनाकी सुत्केरी सीताको अवस्था शारिरिक रुपमा असाधारण हो ।

त्यसो त उनले सुत्केरी भएको २ महिनानपुग्दै बाट नियमित काममा फर्किएकी हुन् । सुत्केरी हुँदागर्भावस्थाको अन्तिमदिनकामगर्ने थलो बाटै अस्पाल पुगेर छोरा जन्माएकी सीतासुत्केरी पछिका २ महिनापनि बडो कष्टले बिते । काम गरेर सुत्केरीको बेलाको लागिबचाएको १४ हजार पनि सिद्धियो । सुत्केरीको स्याहार र सुत्केरी खानाको त परको कुरा सामान्य दाल भात पनिबन्दहुने भए पछि २ महिनानपुग्दै ज्यामीकाममानिस्किइन् के गर्नु काममा नगए सम्मचुलो नबल्ने भयो’ उनले थपिन् सकेर र के हुन्थ्यो नसकेरै पनिकाममाजानुपर्यो ।
उनीबिहान ५ नबज्दै उठ्छिन, कोठाको सरसफाई, बच्चाले फोहोर गरेका कपडा पखाल्यो, खानाबनायो अनि७ बजे काममानिस्कियो । सातै बजे् खानाखाएर ? ‘ कहाँहुनु पछि दिउँसो खानाको ब्रेकमासजिलो होलाभनेर बिहानै पकाउँछु’ खाजा? सीता भन्छिन् ‘खाजा त के खानु, साँझको बचेको भएकहिले काँही खान्छु नत्र १२ बजे सम्मखानाकुर्ने त हो ।  दिनको ५ सय ज्यालापाउने उनले त्यसैबाट कोठा भाडा, खानाखर्च, बिरामीपर्दा उपचार सबै गर्नुपर्छ । ‘कामगर्दा पैसा हुन्छ नत्रभोकै पर्नुपर्छ ’ सीता थप्छिन् ‘कुनै बेलाआफै थला परेर कामगर्न नसक्ने हुँकीभन्ने कुराले चिन्ता लाग्छ ।’ सबै कुराको जिम्मेवारी आफ्नै काँधमाभएकीउनी परिवारमाएक्लीहोइनन् , काठको कामगर्ने सिपभएकाउनकाश्रीमान् केही समय देखीकाममाध्यानलगाउँदैनन् न त परिवारको ख्याल नै गर्छन् । ‘खै त्यस्ताथिएनन् पहिला के भयो, दिनरात जाँडरक्सी मै भुल्छन् , न त काममाचासो छ न त घरको समस्याको चासो छ ।

कतिबर्ष कीभएँभन्ने कुरा पनिउनलाई पनिथाहा छैन भन्छिन् ‘ नागरिकतामा ५५ साल छ ’ । माइतीमागरिबीको कारण एक छाक खान र एक सरो लगाउनपनि समस्याभएको कारण आठ बर्षको उमेर देखी बुटवलको एक नास्तापसलमाकामगर्न बसेको बताउने सीताले स्कुल समेत टेक्न पाइनन् । उनी भन्छिन् ‘बिहानचार बजे देखी रातीदश बजे सम्म भाडा माझेर बस्नु पथ्र्यो कति बेला पढ्नु ।  गुल्मी माइती घर भएकी सीताकाआमा पक्षघात र मानसिक रोगको बिरामी छन् , माइतीको आर्थिक अवस्थापनिएकदमै कमजोर छ , आठ, दशबर्ष अगाडी तिनाउकिनारको बिनापाते भन्ने स्थानमाउनकाबाबुले सुकुम्बासीजग्गा रोकेर झुप्रो बनाएकाथिए, त्यति बेलै उनी गुल्मीबाट बुटबल झरेकीहुन तर पछि तिनाउमाआएको बर्षे भेलले त्यही घर पनिखोलाले लागे पछि पक्षघात र मानसिक रोगको बिरामीआमालाई बोकेर बाबु फेरी गुल्मीफर्किए । घरमागएर पनिज्यानपाल्नगाह्रो थियो, उनले बुटवलमै एउटा नास्तापसलमाकामगर्न थालिन् ।

नास्ता पसलमा काम गर्दा साहुले बाहिर निस्कन र कसैसँग बोल्न दिँदैन थिए , एक दिन साइकल सिक्न भन्दै पसल बाट बाहिरिएकी उनी साहुले खोज्दै आए पछि डरले शंकर दाईको लुक्नपुगिन् । पछि साहु आएर अब तँपसलआउनु पर्दैन , यसैसँग बस भनेर गए’आफ्नो बिहेको संझनागर्दै सीता भन्छिन् ‘अर्को दिन साहु लिनआएको थियो, मैले एक रात त कटाइसकें अब यिनै सँग बिहे गर्छु भनेर पठाएँ ।’ छिमेकी दिदीहरुले तिनै शंकर दाईसँग सिद्धवावामा लगेर बिहे गर्दिए । साहुले यो मान्छे ठिक छैन, छाड्दे भनेका थिए तर उनले मानिन्, पछि बल्लबुझिन् , न त आफन्त रैछन् न त घरबास , तैपनि हातमा सिप छ भन्ने लागेर चित्त बुझाइन् , बिस्तारै नशामा फसेका श्रीमान् उनले सोंचे जस्तो निस्किएनन् ।

उनको नागरिकता भने छ ,माइती तिरबाट बनाएको । अब बच्चाको जन्मदर्ता गर्नु पर्लानी?उनले उल्टै जिज्ञासा राखिन् ‘मेरा नागरिकतामात्रभएर जन्मदर्ता बनाउन मिल्छ ?’ फर्निचरको काममा राम्रो दखल भएका उनका श्रीमान्, नजिकै एक फर्निचरमा काम गर्थे तर सधै रक्सीमै झुल्ने उनलाई कामबाट निकालीदिए पछि बेरोजगार बनेका छन् । ‘कहिले काँही मैले जस्तै लेवर कामगर्न जान्छन् ’ उनले भनिन् ‘तर कमाएर बचाउने भन्दापनि जाँड रक्सी मै खर्चने हो ।’ बच्चाजन्मने बेला सम्मपनिउनकाश्रीमान्ले सहयोग गरेनन् न त जन्मिए पछि नै गरे । बरु उनलाई घरवेटी दिदीले सहयोग गरिन् , गुन सम्झिदै उनले भनिन् ‘अञ्जलीदिदीले म सुत्केरी बसेको दुई महिनाको भाडा छुट गर्दिनु भो , अनी हस्पिटलमा लागेको खर्च पनि सहयोग गर्नु भो ।’ कहिले काँहीफ्रेस देखिएको बेलाश्रीमान्सँग सल्लाह गर्छिन तर उनी न सुन्छन् न त गर्छन नै ।सधै जाँड खाएर घर आउने श्रीमान्सँग उनको झगडा परिरहन्छ , भन्छिन् ‘तर हातभने छाड्दैनन् ।

बच्चा हेर्ने कोहीनभए पछि उनको बच्चापनिकामगर्ने ठाउँमा उनीसँगै हुन्छ । एउटा झोलुंगोमाजताशितल जस्तो छ बच्चालाई उतै लगेर राख्छिन् तर हावै नभएको शितलको के अर्थ रहन्थ्यो, बच्चागर्मीले रुँदा रुँदै थाकेर सुत्छ । सुत्केरी स्याहार र आहारका बारेमाकतै बाट जानकारी पाइनन्, पाएपनित्यो संभवथिएन । जान त उनीनियमितजाँचको लागिचिकित्सकको मागइन् तर बच्चाको अवस्थाबुझेर फर्किइन् , उनी भन्छिन् ‘डक्टरहरुले पनि केहीभन्नु भएन, बच्चाको अबस्था राम्रो छ भन्नु भो फर्काउनु भो ’ उनले थपिन् ‘ मैले मेरो घरको अवस्थाभनेको थिएन त्यसैले पनिहोला ।’ सुत्केरी भन्दा अगाडि त केहीपोषिलो चिजखाइनन् नै पछि पनिप्रयाप्तखानपान र सुसार भएन । ‘बच्चा पेटमा भएको बेलादवाई खाएँ (सायद क्याल्सियम, आइरन) बच्चाजन्मिए पछि बाले एउटा कुखुरा ल्याइदिए , र अलिकति घिउ पनिखाएँ’उनले संझिइन् ‘पहिलाकाम गरेको साउनीले पनि केहीखानेकुरा ल्याइदिनु भएको थियो ’ । बच्चाको न्वारानभए पछि भने उनको खानपान पुरानै मेनुमाफर्कियो, हास्दै भन्छिन् ‘कहिले दाल भात खान्छु , कहिले सब्जी भात ’ । त्यसैले पनिहोलाशुरुशुरु माआएको दुध सुक्दै गयो , हुँदाहुँदाआउनै छाड्यो जसको कारण अहिले उनको खर्च बढेको छ , किनकीबच्चाको लागिदिनको एक लिटर दुधकिन्नु पर्छ । पुग्छ त ?उनी भन्छिन् ‘पानीहालेर भएपनि पुराउँछु ’ ।

बिहे गरेको पाँचबर्ष सम्मबच्चाभएन् ,पछि बच्चा रह्यो तर गर्भवतीको बेलाकुनै स्याहार सुसार पाइनन्, ‘सुत्केरी भएको दिन सम्मै लेवर काम गरेको थिएँ ।’ भन्छिन् ‘नगरेको भए त मलाई कहाँबाट खानपुग्थ्यो, सुत्केरी हुँदाचन्दा उठाउनु पथ्र्यो, त्यो भन्दा लेवर काम नै सहीलाग्यो ।’उनको अवस्था हेरेर केही सजिलो काम दिन्छन् कि ?‘कामगरिसके पछि आराम र हल्काकामभन्ने नै नहुने , अर्काको कामगर्न गैसके पछि गर्दैन र सक्दैन भन्नपनिनमिल्ने, भोलीकाममै नबोलाउन् कि भन्ने डर’उनीभन्छिन् ‘सिमेण्ट, बालुवा, इट्टा, रड, मसला सबै बोक्नु पर्छ ।’ उताकाम गरेर पुरुष लेवर भन्दामहिलाको कमज्यालापाउने समस्याउनले पनिभोगेकी छिन् । एक पटकमा २२ देखी २५ इट्टा सम्मबोक्ने उनको ज्याल ५ सय छ तर उत्तिकै कामगर्ने पुरुष लेवरले ६ सय दिन्छन् । तपाईले भन्दा बढि काम गर्छन् होलानी? सीताले भन्दानजिकै रहेका ठेकेदारले जवाफफर्काए ‘कहाँ धेरै गर्नु उल्टै १५ वटा इट्टा बोकेर ठग्छन् ’ । उनीमाइतीजाँदिनन् , बिरामीआमाआउने कुरा भएन, उनी भन्छिन् ‘बाआउँथे कहिलेकाँहीत्यहीपनि यो पालाउनको खुट्टा भाँचियो , दाजुभाई भन्ने त्यस्तै हुन् । बच्चा बेला बेलामा बिरामी भैरहन्छ, त्यस माथिउनीआफै पनिमानसिक रोगी छिन् , त्यसको औषधी र चेक जाँच भैरहन्छ । उनी भन्छिन् ‘टाउको दुख्छ, चक्कर आउँछ, कतिकति बेलादिमागले कामै गर्दैन , मनका धेरै कुरा खेलायो भने बेहोस् सम्म हुन्छु ’ । उनलाईअहिले आफ्नो भन्दापनिबच्चाको चिन्ता शुरु भएको छ , ‘दिनभरी कामगर्यो , आफ्नै निर्वाहमा ठिक्क हुन्छ ’ भावुकहुँदै भन्छिन् ‘ भोलीयसको भविश्यबनाउन मैले के गर्न सकला र ?’