बिर्सिएर जानेको माया अधिक हुन्छ
सम्झेर दुख्दा मन हिक हिक हुन्छ
बिर्सेर बस्छु भन्दा धेरै गाह्रो हुने
ऊसैको छॉया झन् झन् नजिक हुन्छ
मान्छेको मनै त होनि चोट ले बिजाऊने
यादै याद ले ज़िन्दगानि मा दिक्क हुन्छ
अतितका कुरा सबै कोरेर ऊतार्छु भन्दा
रचनाका अनेक शब्द हरुले रदिफ हुन्छ
आफुले सोचेको जस्तो सबै पुरा नहुदा
च्यात्तिएका हरेक चाहना फिक्का हुन्छ
रचना : शारदा क्षेत्रि
हाल न्युयोर्क अमेरिका












